पूर्वी चम्पारण: भारत-नेपालको द्विपक्षीय सम्बन्धहरूलाई बलियो बनाउन शनिवार नेपालको वाणिज्यिक राजधानी वीरगंजस्थित इन्टीग्रेटेड चेक पोस्टको सभागारमा दुवै देशका अधिकारीहरूको बैठक भयो।
बैठकमा दुवै देशको सीमावर्ती जिल्लाका अधिकारीहरू प्रमुख रूपमा उपस्थित थिए।
बैठकको अध्यक्षता नेपालको परसा जिल्लाका सीडीओ हीरा लाल रेग्मीले गरेको थियो। बैठकमा नेपालको बारा जिल्लाका सीडीओ नवराज सापकोटा, बारा जिल्लाका एसपी सुरेश काफ्ले, परसा जिल्लाका एसपी कोमल शाह उपस्थित थिए भने भारतीय महावाणिज्य दूत शशि भूषण कुमार, पूर्वी चम्पारणका एसपी कान्तेश कुमार मिश्रा, डीएम सौरभ जोरवाल, अपर समाहर्त्ता पवन कुमार सिन्हा, डीडीसी समीर सौरभ, एसडीएम श्रेष्ठ अनुपम, प. चम्पारणका डीएम दिनेश राय, एसपी डी. अमरकेश आदि उपस्थित थिए।
बैठकमा सीमाको सुरक्षा एवं प्रबन्धन, आयात-निर्यात, सीमा क्षेत्रको विकासका साथै नार्कोटिक्स प्रतिबन्धित नशालु औषधिहरूको धन्दा गर्नेहरूमाथि नकेल कस्नु, सीमावर्ती क्षेत्रहरूमा अपराध नियन्त्रण, हतियारको तस्करी रोक्नु, मानव व्यापार, जाली नोट वन्यजीवको शिकार र तस्करी आदि विषयहरूमाथि विस्तृत रूपमा चर्चा गरियो।
दुवै देशका अधिकारीहरूले एक अर्कालाई सहयोग गर्ने आश्वासन दिए। अधिकारीहरूले बैठक सौहार्दपूर्ण र सफल रहेको बताएका छन्। यसपछि वीरगंज उद्योग वाणिज्य संघ र रक्सौल च्याम्बर अफ् कमर्स एण्ड इण्डस्ट्री प्रतिनिधिहरूसॅंग पनि बैठक भयो, जसमा व्यापारसित सम्बन्धित महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा भयो।