ज्योतिप्रियकाे फर्जी कम्पनीहरू, पीएले गरे खुलासा

104761001.png

कोलकाता: पश्चिम बंगालको चर्चित राशन वितरण भ्रष्टाचार मामिलामा प्रवर्तन निदेशालय (ईडी) द्वारा पक्रा परेका पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिक अहिले जेलमा छन्।

ईडीले शुक्रवार मल्लिकलाई पक्राउ गरेको थियो। यसपछि शुक्रवार र शनिवार उनका दुई पीए (निजी सहायक) अमित डे अनि पूर्व निजी सहायक अभिजीत दाससॅंग सोधपुछ गरियो।

दुवै पीएहरूले आश्चर्यचकित बनाउने खुलासा गरेका छन्। ईडीको दाबी अनुसार, मन्त्रीले फण्ड ट्रान्सफर गर्नका लागि फर्जी कम्पनीहरू बनाएको डे र दासले खुलासा गरेका छन्। उक्त कम्पनीहरू नोकर, माली र ड्राइभरको नाममा थियो। उक्त कम्पनीहरूको माध्यमद्वारा करोड़ौं रूपियॉंको लेनदेन हुने गर्थ्यो।

ईडीका एक अधिकारीले भने, दाससॅंग त्यस डायरीको बारेमा सोधपुछ गरियो जुन हावडामा उनको आवासमा भेटिएको थियो। उक्त डायरीमा लेनदेनको विवरणहरू छन्। यसमा फण्ड अन्यत्र पठाउन प्रयोग गरिने विभिन्न फर्जी कम्पनीहरूको नाम पनि छन्।

डायरीको कभर अनि भित्रका केही पृष्ठहरूमा ‘बालू’ लेखिएका छन्। यो मन्त्रीको बोलाउने नाम हो। दुवै पीएसॅंग अब ब्याङ्क खाताहरूको बारेमा पनि सोधपुछ गरिनु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement