काेचबिहार: सरकारी बैंकबाट १३ लाख लुटिएको मामिलामा काेचबिहारको कोतवाली थानाले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको साथबाट पुलिसले चार लाख रुपैयाँ बरामद गरेको छ। काेचबिहारका प्रहरी उपरीक्षक द्युतिमान भट्टाचार्यले आज काेचबिहारको कोतवाली थानामा पत्रकार सम्मेलन गर्दै भने कि अक्टोबर १६ मा काेचबिहार सरकारी बैंकका प्रबन्धक र एक अधिकारी १३ लाख रुपियाँ लिएर पुतिमारी फुलेश्वरी शाखामा जाँदै थिए। उक्त घटनामा पुलिसले सीसीटीभी फुटेज जाँचेर एक जनालाई पक्राउ गरी लुटिएको १३ लाख रुपियाँमध्ये चार लाख रुपियाँ बरामद गरेको थियो। बाँकी अभियुक्तको पुलिसले खोजी गरिरहेको छ।