मादक पदार्थको मुख्य सप्लायर पक्राउ

IMG_20220718_000058.jpg

सिलगढी: अन्ततः ३ महिनापछि मादक पदार्थको मुख्य सप्लायरलाई डिटेक्टिभ डिपार्टमेन्ट (डीडी) र स्पेशल अपरेशन ग्रुप (एसओजी) ले पक्राउ गरेको छ। आज तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। आरोपी मजनुर रहमान (३५)- लाई हिजो तिनके वासस्थान नदियाबाट पक्राउ गरेको हो।
घटनाक्रम अनुसार गत ३ महीनाअघि डीडी टोलीले मतिगढा इलाकामा अभियान चलाएर ६०० ग्राम ब्राउन सुगर सहित एमडी बासिद्ध र करीमलाई पक्राउ गरेपछि तिनीहरूसितं सोधखोज गर्दा ती दुईजना केवल कोरियर बोय रहेको साथै घटनाको आरोपी मजनुर मुख्य सप्लायर हुन् भन्ने कुरा थाहा पाए। यसपछि आरोपी मजनुरलाई पक्रिने प्रयास गरिरहेको समय डीडी-को अधिकारी नुर आलम सिद्दिकीले मजनुर केरलमा लुकेर बसेको थाहा पाए। ३ महिनापछि मजनुर आफ्नो घर आइपुगेको खबर पाउनसाथ डीडी र एसओजीले संयुक्त अभियान चलाएर मजनुरलाई पक्राउ गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement