नागाल्याण्डः मतदाता सूचीको मस्यौदामा १२.९७ लाख मतदाता दर्ता

f8c958860b3a76a1654309913e1b1fca.jpg

काेहिमा: राज्य निर्वाचन विभागद्वारा प्रकाशित मस्यौदा फोटो मतदाता सूची अनुसार नागाल्याण्डमा कुल १२ लाख ९७ हजार ५७३ मतदाता छन्।

नागाल्याण्डका मुख्य निर्वाचन अधिकारी व्यासन आरद्वारा जारी एउटा बयान अनुसार, मतदाता सूचीको मस्यौदा राज्यको ६० विधानसभा क्षेत्र मध्ये ५९ को निम्ति हो।

किनकि तापी सीटमा सात नोभेम्बरमा हुने उपचुनाउलाई ध्यानमा राख्दै मतदाता सूचीको पुनरीक्षण गतिविधि निलम्बित गरिएको छ।

उनले भने, मस्यौदा सूची अनुसार तापीलाई छाडेर कुल मतदाताहरूमा ७ हजार ८२७ सेवा मतदाता, ६ लाख ५१ हजार ४१ पुरुष मतदाता र ६ लाख ४६ हजार ५३२ महिला मतदाता सामेल छन्। उनले दावी र आपत्ति दर्ता गर्ने काम शुरू भएको र अन्तिम तिथि ९ दिसम्बर रहेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement