७५ दिने फिटनेस कार्यक्रम अन्तर्गत ५ किलोमिटर दौड आयोजित

n5514654121698504834651a7177fb32f5b65eb86583e458ee731e8859bf8498973197eec1dc177764874bf.jpg

गान्तोक: सरदार वल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीको ७५ दिने फिटनेस कार्यक्रम अन्तर्गत २७ अक्टोबरका दिन ५ किलोमिटर दौड लिङदुम बस्तीस्थित आईटीबीपीको १३औं बटालियनमा आयोजन गरियो।

बटालियनका सेनानी समर बहादुर सिंहको निर्देशनमा उक्त दौडको शुरूआत केन्द्रिय गृहमन्त्री अमित शाहले भर्चुअल झण्डा देखाएपछि शुरु भएको थियो।

कार्यक्रममा युनिटका सबै पदाधिकारी, परिवारका सदस्यहरू र बाल-बालिकाहरू उत्साहका साथ भाग लिएको प्रेस विज्ञप्तिमा जनाइएको छ। यस अवसरमा सेनानी समर बहादुर सिंहले ५ किलोमिटर दौडमा भाग लिने सबै परिवारका सदस्यहरू र बल कर्मीहरूलाई बधाई दिए। उनले फिट रहन प्रेरित गर्दै स्वस्थ जीवन जिउनका लागि सल्लाह र सुझाउ पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement