गुवाहाटी: एउटा गुप्त सूचनाको आधारमा असम एसटीएफले ट्रेन नम्बर ०७०२९ काे वेगन नम्बर- (वीपी)-०३८३२० बाट २२४५५ किलाे बर्मीज सुपारीकाे ४९९ बाेरा जफत गरेकाे छ।
जानकारी अनुसार, प्रत्येक ब्यागमा ४५ किलोग्राम सुपारी थियो। कुल २२,४५५ किलोग्राम सुपारी बरामद गरिएको छ। यस सम्बन्धमा जीआरपीएस गुवाहाटीमा धारा १२०बी/३७९/४११/४१३/४६८/४७१ अन्तर्गत मामिला दर्ता गरिएको छ। जफत गरिएका वस्तुहरू अगाडिको कानुनी कारबाहीको निम्ति जीआरपीएसको थाना प्रभारीलाई सुम्पिएको छ।