एसडीएफ अध्यक्ष पवन चामलिङलाई आज एसडीएफले पार्टी मुख्यालयमा भव्य अभ्यर्थना कार्यक्रम

photocollage_2022717235844627.jpg

गान्तोक: हालैमा डा. डिल्लीरमण रेग्मी अन्तरराष्ट्रिय शान्ति पुरस्कारले सम्मानित बनेका एसडीएफ अध्यक्ष पवन चामलिङलाई आज एसडीएफले पार्टी मुख्यालयमा भव्य अभ्यर्थना कार्यक्रम आयोजन गऱ्यो। डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्राप्त गर्ने एकमात्र नेपाली पवन चामलिङ हुन्। आज मुख्यालयमा सांस्कृतिक वाद्यवादनसहित स्वागत जनाउँदै शुरू भएको सम्मान कार्यक्रममा खदा मालासहित अभ्यर्थना पत्र अर्पण गरियो।
पवन चामलिङले कार्यक्रममा बोल्दै भने, पुरस्कार प्राप्तिको आफू केवल माध्यम मात्रै रहेको र यस प्रतिष्ठित पुरस्कार सिक्किमेली जनता, सिक्किम तथा एसडीएफ पार्टीले प्राप्त गरेको हो भनी बताए। तिनले डा. डिल्लीरमण रेग्मी अन्तरराष्ट्रिय शान्ति पुरस्कार एसडीएफ पार्टी, सिक्किमेली जनता तथा सिक्किमलाई समर्पित गरे। उनले एसडीएफकालमा सिक्किम र सिक्किमेली समाजलाई हरेक क्षेत्रमा सन्तुलित राखिएको दाबी गर्दै सिक्किममा कसरी शान्ति कायम गरिएको थियो भन्ने कुरा बुँदागत रूपमा राखे।

उनले सिक्किमको वनजङ्गल, पर्यावरण, नदी, नाला, देवीथान आदिको नैसर्गिकतालाई अक्षुण्ण राखेको सत्यता प्रकट गर्दै एसडीएफ पार्टीको नीतिनै प्रकृति, पर्यावरण र जनास्थाको सुरक्षा अनि सम्बर्द्धन गर्नु रहेको बताए। सिक्किम र सिक्किमेको सामाजिक न्याय, सांस्कृतिक न्याय र प्राकृतिक न्यायलाई एसडीएफ पार्टीले हरसम्भव सुरक्षा गर्दै विकासको गतिमा सिक्किमलाई अघि बढ़ाएको कुरा पनि उनले बताए। एसडीएफ पार्टी सरकारमा छँदा सिक्किमका नारी वर्गको हितमा नीति निर्धारण गरेर सिक्किमका नारीहरूलाई सुरक्षित र सम्मानित जीवन दिलाउन सफल रहेकोले नारीहरूमा शान्तिको वातावरण कायम रहेको बताए।

चामलिङले भने, विश्व युद्धपछि सबैभन्दा द्रूतगतिमा गरीबी हटाउन एसडीएफ सफल भएकोले सिक्किममा सबैतहका जनतामा शान्ति थियो। जीवनका हरेक आधारहरूलाई सुरक्षा दिलाउन र सम्बर्द्धन गर्न एसडीएफ सफल भएकोले सिक्किममा शान्तिमय परिवेश सिर्जना भएको थियो। आँखाले नदेखिने सूक्ष्म जीवाणु जो थलमा, जलमा र वायुमा रहन्छ ती सबैलाई सुरक्षा दिँदै र सम्बर्द्धन गर्दै पर्यावरण, प्रकृति र संस्कृतिको जगेड़ा गर्ने कार्य एसडीएफले गर्न सफल भएकोले सिक्किममा शान्ति थियो।

यस पुरस्कारले एसडीएफ पार्टी र सिक्किमे जनगणलाई शान्ति, उन्नति र समृद्धि फर्काउने एउटा गम्भीर जिम्मेवारी दिएको छ भन्ने विचार व्यक्त गरे। अहिले सिक्किममा सिक्किमेको हित-रक्षा किन नभएको भन्ने कुरा उठान गर्दै चामलिङले सरकार सञ्चालक संस्था एसकेएमको मूल जरा सिक्किम बाहिर रहेकोले सरकारको मालिक राज्य बाहिर रहेको आरोप लगाए। एसडीएफ पार्टीको मूल जरा अनि पानी दुवै सिक्किमभित्र रहेको कुरा बताउॅंदै सिक्किमको उन्नति प्रगति र समृद्धिसहित हक, हित, अधिकार र संस्कृतिको सुरक्षा केवल एसडीएफ पार्टीले मात्र गर्ने उनले दाबी गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement