मालदा: पुलिस थानाबाट केही टाढा रहेको एउटा होटलमा सेक्स ऱ्याकेट चलाउने गम्भीर घटना बाहिर आएको छ । यस विषयमा पुलिस प्रशासनलाई सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएको आरोप छ। अन्ततः पार्षदको नेतृत्वमा वडावासीले छापा मार्न थाले । मालदा सहरको ४२० मोर इलाकामा रहेको होटलमा भएको यो घटनापछि क्षेत्रमा हलचल मच्चिएको छ । अवैध रुपमा मदिरा बेच्ने गरेको र त्यस क्षेत्रमा लामो समयदेखि राति अबेरसम्म सेक्स र्याकेट चलिरहेको आरोप छ । वडा नम्बर १९ का पार्षद रुनु दासका श्रीमान् जयन्त दास र वडा कमिटी सदस्यहरूले गएराति त्यसविरुद्ध अभियान चलाएका थिए । खबर पाएलगत्तै अङ्ग्रेजीबजार पुलिस थानाबाट पुलिस घटनास्थल पुगेको थियो । पुलिसले ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । यस सम्बन्धमा पार्षदका श्रीमानले लामो समयदेखि यहाँ देहव्यापार भइरहेको बताए । मदिराको अवैध बिक्री पनि भइरहेको छ । यसबारे हामीले मुख्यमन्त्रीलाई पनि जानकारी गराएका छौं । अङ्ग्रेजीबजार पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ । तर, अहिलेसम्म पुलिसमा उजुरी परेको छैन । यता नारायणपुरमा मदिरा बिक्री गर्ने लाइसेन्स रहेको होटल अधिकारीको दाबी छ। उक्त स्रोतका अनुसार होटलमा धेरै मदिराका बोतल राखिएको थियो । तर होटलका अधिकारीहरूले देहव्यापारको गुनासो निराधार भएको दाबी गरेका छन् ।