कोलकाताः भाजपाकी विधायक श्रीरूपा मित्रा चौधरीको वाहन दुर्घटनाग्रस्त भएको छ। शुक्रवार राति मालदा जिल्लाको अंग्रेजीबजार क्षेत्रमा विजयादशमी अनुष्ठानबाट फर्किने क्रममा वाहनलाई एउटा द्रुत गतिको मोटरसाइकलले हिर्कायो। टक्करमा गाडीको ऐना फुट्यो र विधायकलाई पनि चोट लागेको छ। विधायकलाई अस्पतालमा भर्ती गरिएको छ।
भाजपाले यस घटनालाई षड़यन्त्र ठहर गर्दै तृणमूल कार्यकर्ताहरूले दुर्घटना गराएको आरोप लगाएको छ। पीड़ित भाजपा विधायकले पुलिसमा प्राथमिकी दर्ता गराएकी छन्। सूत्रहरू अनुसार, शनिवार मानिकचकमा पार्टीको कार्यक्रममा सामेल भएपछि श्रीरूपा फर्किरहेकी थिइन्। अंग्रेजीबजारको मिल्की खासखोली क्षेत्रमा अचानक एउटा द्रुत गतिको मोटरसाइकलले उनको कारलाई हिर्कायो। एउटा बाइकमा चारजना थिए। विधायकको वाहनको पछाडिबाट हिर्काइएको थियो। यस कारण कारको पछाडिको ऐना फुटेको छ। फुटेको ऐनाले विधायकको हातमा लाग्दा चोट लागेको छ। विधायकको सुरक्षा कर्मीहरूले दुई जनालाई समातेको छ भने दुई जना भाग्न सफल भए। पुलिसले आरोपितहरूलाई हिरासतमा लिएर जॉंच शुरू गरेको छ।
-हिस