राशन वितरण भ्रष्टाचार मामिलामा पक्रा परेका मन्त्री ज्योतिप्रिय अस्पतालमा

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः राशन वितरण भ्रष्टाचार मामिलामा पक्रा परेका पश्चिम बंगालका मन्त्री ज्योतिप्रिय मलिकलाई शुक्रवार उच्च ब्लड शुगर र किडनीको समस्याका कारण अस्पतालमा भर्ती गरियो। ईडी अधिकारीहरूले उनको स्वास्थ्यमाथि नजर रहेको बताएका छन्।

उनी हिजो अदालतमा सुनवाई अवधि बेहोश भएका थिए। अदालतले मलिकलाई १० दिनको निम्ति ईडीको हिरासतमा पठाएको छ। अबेर राति अस्पतालले बुलेटिन जारी गरेर मलिकको स्वास्थ्य स्थिर रहेको बताएको थियो। उनको सीटी स्क्यान, एमआरआई र रक्त जॉंच गरिएको छ।

उल्लेखनीय छ, उनले सरकारी एम्बुलेन्समा अस्पताल जान अस्वीकार गरेका थिए। यसपछि उनलाई प्राइवेट एम्बुलेन्समा ईएम बाइपास छेउ एउटा निजी अस्पतालमा भर्ती गरिएको छ। कोर्टले उनको चिकित्सा खर्च परिवारले वहन गर्नेछ भनी आदेश दिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement