राशन वितरण भ्रष्टाचार मामिलामा ज्योतिप्रियको पीएसॅंग सोधपुछ

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः राज्यको चर्चित राशन वितरण भ्रष्टाचार मामिलामा पक्रा परेका पूर्व खाद्य मन्त्री एवं वर्तमान वनमन्त्री ज्योतिप्रिय मल्लिक अहिले अस्पतालमा भर्ती छन्। बिहिवार र शुक्रवार म्यारथन छापामारीसहित सोधपुछपछि शनिवार पनि ईडीले यस मामिलामा जॉंच जारी राख्यो।

ज्योतिप्रिय मल्लिकका पीए अमित दे केन्द्रिय एजेन्सीको समनमा शनिवार बिहान सीजीओ कम्प्लेक्सस्थित ईडी कार्यालय पुगे। उनीसॅंग ज्योतिप्रियका पूर्व पीए अभिजीत दास पनि सीजीओ कम्प्लेक्स पगे। दुवैलाई एक ठाउॅंमा राखेर सोधपुछ गरियो।

अभिजीत दासको घरबाट एउटा डायरी भेटिएको छ जसमा लेनदेनको उल्लेख गरिएको छ। उक्त डायरीमा ज्योतिप्रियको नाममा पैसाको उल्लेख रहेको ईडीले दाबी गरेको छ। बिहिवार जब ईडी अधिकारीहरूले मल्लिकको घरमा छापा मारे तब अमित र अभिजीतको ठेगानामा पनि पुगेको थियो। त्यहॉंबाट धेरै महत्वपूर्ण दस्तावेज भेटिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement