बन्द राईमाताङ चिया बगानका मजदुरले पारिश्रमिक पाए

IMG-20231028-WA0164.jpg

अलिपुरद्वार: अन्ततः काल्चिनी ब्लकको राईमाताङ चिया बगानका मजदुरहरुले तलब पाएका छन्। बकाया पारिश्रमिक पाएपछि उनीहरुको अनुहारमा मुस्कान देखियो। तर,कमान नखुलेसम्म मजदुर आन्दोलन जारी रहने मजदुरहरुले बताएका छन्। यसै सन्दर्भमा गत ११ अक्टोबर राईमाटाङ चिया बगान प्राधिकरणले मजदुरलाई तलब र बोनस नदिई बगैँचा बन्द गरेको थियो। गत अक्टोबर २१ सप्तमीको दिन राईमाताङ चिया बगानका मजदुरले सिलगढीका राईमाताङ चिया बगानका मालिक श्यामसुन्दर गोयलको घर घेराबन्दी गरी आन्दोलनमा उत्रिएर शनिबारसम्म सबै बक्यौता तिर्ने चेतावनी दिएका थिए। सबै मजदुर संगठनले सोमबार फेरि उनको घर घेराबन्दी गरे। बक्यौता तलब पाएपछि आज कर्मचारी खुसी भएका छन्।

मजदुर संघका सदस्यहरुले यसलाई मजदुरहरुको जित भनेका छन्। यस सम्बन्धमा राईमाताङ चिया बगानका मजदुर नेता तथा काल्चिनी ब्लक तृणमूल युवा कांग्रेसका अध्यक्ष पवन लामाले भने, ‘मजदुर एकजुट भए के गर्न सक्छन् भन्ने प्रमाण सबैले पाएका छन्। बक्यौता तिरे पनि हाम्रो आन्दोलन समाप्त भएको छैन।कमान नखुलेसम्म आन्दोलन जारी रहने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement