मलाइका अरोरालाई चोट लागेको?

Malaika-Arora

मुम्बई: बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा आफ्नो प्रोफेशनल र पर्सनल लाइफलाई लिएर प्रायः चर्चामा रहन्छिन्। तर अहिले उनी अरु कारणले चर्चामा छिन्। मलाइका अरोराको पछिल्लो भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ, जसमा मलाइकाको खुट्टामा चोटको निशान देखिएको छ। उक्त भिडियो सामाजिक संजालमा निकै छिटो भाइरल भइरहेको छ। मलाइकाको यो पछिल्लो भिडियोले जताततै सनसनी मच्चाएको छ। वास्तवमा, वोम्पालाले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा मलाइका अरोराको नयाँ भिडियो साझा गरेको छ। यस भिडियोमा मलाइका मुम्बईको एक सैलुन बाहिर देखिएकी छिन्। भिडियोमा अभिनेत्री सलुन भित्र पसेको देख्न सकिन्छ, यसैबीच मलाइका अरोराको दाहिने खुट्टाको तिघ्रामा कालो दाग स्पष्ट देखिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement