मुकेश अम्बानीलाई मार्ने धम्की

00-Mukesh-Ambani-1

मुम्बई: भारतका चर्चित उद्योगपति मुकेश अम्बानीलाई मार्ने धम्की आएको समाचार छ। एक अज्ञात व्यक्तिले उनको आधिकारिक इमेलमा गोली हानेको धम्की पठाएको छ। सो क्रममा उनीसँग २० करोड रुपियाँ फिरौती पनि मागेको समाचार छ। पैसा नतिर्दा ज्यान गुमाउने चर्चा चलेको छ। अम्बानीका सुरक्षा इन्चार्जले यस विषयमा एफआईआर दर्ता गरेका छन्। मुम्बई पुलिसले यस विषयमा अनुसन्धान शुरु गरेको छ। इमेलमा धम्की दिने व्यक्तिले २० करोड नपाए मुकेश अम्बानीलाई मार्ने लेखेका छन्।

अम्बानीलाई पठाइएको मेलको आधारमा गमदेवी पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको थियो। प्रहरीले एक अज्ञात व्यक्ति विरुद्ध धारा ३८७, ५०६ (२) अन्तर्गत मुद्दा दर्ता गरेको छ। यस विषयमा गहिरो अनुसन्धान भइरहेको पुलिसले जनाएको छ। यो कार्य कुनै षड्यन्त्रका कारण भएको हो वा कुनै योजनाको हिस्सा हो भन्ने जानकारी संकलन भइरहेको छ। यो विषय छिट्टै खुल्ने पुलिसले जनाएको छ। यसका लागि जिम्मेवार व्यक्तिलाई कडा कारबाही गरिनेछ। जानकारी अनुसार मुकेश अम्बानी र उनको परिवारले जेड प्लस सुरक्षा कभर पाएका छन्। यो सुविधा उनीहरूलाई देशभित्र र देश बाहिर पनि दिइन्छ। तर, खर्च भने उनीहरुले नै बेहोर्नुपर्ने हुन्छ।

About Author

Advertisement