मिरिकः मिरिक खण्ड विकास क्षेत्रका कृषक कमल देवानलाई कृषि रत्न पुरस्कार प्रदान गरियो। तिनलाई यो पुरस्कार एउटा कार्यक्रमबीच प्रदान गरिएको थियो। मिरिक खण्ड कृषि विभागका सह-निर्देशक विभूति रिजालको अगुवाईमा उक्त कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा मिरिक महकुमा अधिकारी सुदिप्त देवनाथ, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, डीएमडीसी मृदुल श्रीमणे साथै कृषकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कृषक कमल देवानलाई कृषि रत्न पुरस्कार लगायत 1० हजार रुपियाँ साथै प्रमाण पत्र प्रदान गरियो। यस अवसरमा कृषिबारे चर्चा गर्नको मिरिक क्षेत्रका २० जना कृषकहरूलाई स्प्रे मशिन पनि वितरण गरियो।