सिलगढीमा मेडिसिन पसलमा भीषण आगलागी

93b294f3-fb3b-432f-b5f6-2ba77fb6c2d4

सिलगढीः शनिबार बिहान सिलगढीको वडा नम्बर ८ को खालपाडा क्षेत्रमा रहेको एक औषधि पसलमा भीषण आगलागी हुँदा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको छ। औषधि पसलमा बिहानै आगलागी भएको बताइएको छ। घटनाको जानकारी पाएलगत्तै दमकलको टोली घटनास्थलमा पुगेको थियो।

दमकलको धेरै प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। शनिबार बिहान घटनाको जानकारी पाएलगत्तै वडा नम्बर ८ का पार्षद सालिनी डालमिया घटनास्थल पुगेकी थिइन्। आगलागीबाट पसल भित्र राखिएको सामान जलेर नष्ट भएको उनले बताए। तर आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। आगलागीको यकिन कारण भने खुल्न नसकेको पनि उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement