भारतमा यस वर्षको अन्तिम चन्द्रग्रहण देखिने

Lunar-Eclipse-copy

नयाँ दिल्ली: भारतसहित विश्वका धेरै देशमा आज (शनिबार) चन्द्रग्रहण लाग्ने भएको छ। यो चन्द्रग्रहण भारत, बंगलादेश, नेपाल, भुटान, अष्ट्रेलिया, उत्तरी अमेरिका, दक्षिण अफ्रिका र हिन्द महासागरका अधिकांश भागबाट देखिनेछ। यो ग्रहण शनिबार राति १:२५ बजे लाग्ने र यसको मोक्ष २:२४ बजे लाग्ने, सुतक २८ अक्टोबरको साँझ ४ बजेदेखि शुरु हुनेछ र ग्रहण समाप्त भएपछि समाप्त हुनेछ। अक्टोबर २८ र २९ को रातमा पृथ्वीको छायाँले चन्द्रमाको केही भाग ओगट्नेछ। यो चन्द्रग्रहणको समयमा चन्द्रमाको ६ प्रतिशत भाग प्रभावित हुनेछ। चन्द्रग्रहणको सुतक अवधि ९ घण्टा अघि शुरु हुन्छ। यस चन्द्रग्रहणको सुतक अवधि अक्टोबर २८ मा दिउँसो २ बजेर ५२ मिनेटमा शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement