जलपाइगढी: लक्ष्मी पूजाको दिन पनि बजारमा किनमेल गर्न मानिसको भीड देखिन्छ। शनिबार कोजागरी लक्ष्मी पूजा गरिँदैछ। आज बिहानैदेखि दिनबजार, स्टेशन मार्केट, बोलखाना मार्केट, डेंगुझार मार्केटलगायत जलपाइगढीका विभिन्न बजारमा मानिसको भीड देखिएको थियो। लक्ष्मी पुजाको बजारमा सामानको मूल्य आकाशिएको छ। शनिबार बिहानैदेखि यहाँ मौसम सफा छ। आकाश घाम लागेको छ। जलपाइगढीमा धेरै गर्मी छ। एकातिर गर्मी छ भने अर्कोतिर बजारमा सामानको भाउ आकासिएको छ।

खरिदकर्ता र बिक्रेता दुबैले सामानको मूल्य उच्च रहेको बताउँदै आएका छन्। कोजागरी लक्ष्मी पुजा गर्नु पर्ने भएपनि बजार अलि स्थिर रहेको क्रेता बताउँछन्। शनिबार बिहानदेखि साँझसम्म पूर्णिमा रहनेछ। त्यसैले नियमानुसार पुजा गर्न पुजा सामग्री किन्न बजार पुगेका छन्। कमलको फूल ५० रुपियाँसम्ममा बिक्री भइरहेको छ। दशकर्म पुजाका सामग्रीबाहेक लक्ष्मी मूर्तिदेखि तरकारीसम्मको मूल्य आकाशिएको छ।