नयाँ दिल्ली: कतारको एक अदालतले बिहीबार भारतीय नौसेनाका ८ पूर्व अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ। यसबारे विदेश मन्त्रालयले पनि प्रतिक्रिया दिएको छ। सन् २०२२ मा कतारको एउटा कम्पनीमा काम गर्ने यी अफिसरहरूलाई त्यहाँको इस्लामिक सरकारले जासुसीको आरोपमा पक्राउ गरेको थियो। यी सबै पूर्व अधिकारी अल दाहरा ग्लोबल टेक्नोलोजी एण्ड कन्सल्टेन्सी सर्भिस (एडीजीटीसीएस) नामक कम्पनीमा काम गरिरहेका थिए। कतार सरकारले यी भारतीयहरूलाई इजरायलका लागि जासुसी गरेको आरोप लगाएको थियो। यद्यपि, यी अधिकारीहरूले स्पष्ट रूपमा भनेका छन् कि इस्लामिक सरकारले लगाएको आरोप पूर्णतया बनावटी हो। कतारको अदालतको यस निर्णयमा भारतीय विदेश मन्त्रालयले कतारको यो निर्णयबाट भारत छक्क परेको र पीडितलाई सम्भावित कानुनी सहयोग उपलब्ध गराउनुका साथै यस निर्णयलाई चुनौती दिने जनाएको छ। ‘हामी मृत्युदण्डको निर्णयबाट गहिरो रुपमा स्तब्ध भएका छौं, र विस्तृत फैसलाको पर्खाइमा छौं’, विदेश मन्त्रालयले भन्यो।
मन्त्रालयले थप भन्यो, ‘हामी यस विषयलाई धेरै महत्त्व दिन्छौं र यसलाई नजिकबाट अनुगमन गरिरहेका छौं। हामी सबैलाई कन्सुलर र कानुनी सहयोग जारी राख्नेछौं। हामी कतारी अधिकारीहरूसँग पनि निर्णय गर्नेछौं। हामी परिवारका सदस्यहरू र कानुनी टोलीसँग सम्पर्कमा छौं। हामी सबै कानूनी विकल्पहरू खोजिरहेका छौंl’ उल्लेखनीय छ, आठ महिना अघि कतारमा कथित जासुसीको आरोपमा आठ पूर्व भारतीय नौसेना अधिकारीहरूलाई पक्राउ गरिएको थियो। ती सबै पनडुब्बी कार्यक्रमको बारेमा कथित जासुसीको आरोपमा अगस्त २०२२ देखि कतारको जेलमा छन्। यद्यपी कतारले यी व्यक्तिमाथि लगाइएको आरोपबारे कुनै जानकारी दिएको छैन।