मन्त्री ज्योतिप्रिय राशन वितरण भ्रष्टाचारमा सामेल छन्ः ईडी

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगालको राशन वितरण भ्रष्टाचार मामिलामा लगभग २० घण्टाको खोजी अनि सोधपुछपछि शुक्रवार बिहान राज्यका पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिकलाई पक्राउ गरिएको छ। तृणमूल कांग्रेसले भाजपाको इशारामा ईडीले कारबाही गरेको आरोप लगाएको छ।

अर्कोतिर, ईडीले राशन वितरण भ्रष्टाचार मामिलामा मन्त्री मल्लिक संलिप्त रहेको स्पष्ट गरेको छ। केन्द्रिय एजेन्सीका एक वरिष्ठ अधिकारीले उनीसॅंग सोधपुछ गर्नु आवश्यक रहेको बताउॅंदै उनलाई हिरासतमा लिन अनुरोध गर्ने बताए। ईडी अधिकारीले भने, उनले सहयोग गरेका छैनन् र सोधपुछ अवधि अधिकारीहरूलाई दिग्भ्रमित गरिरहेका छन्।

तृणमूल कांग्रेसले मल्लिकको आवासमा छापामारीलाई बदलाको राजनीति ठहर गरेको छ। भाजपाका नेताहरू पनि विभिन्न भ्रष्टाचारहरूमा संलिप्त रहेको तर केन्द्रिय एजेन्सीहरू किन चुप छन् भनी तृणमूल कांग्रेसले प्रश्न गरेको छ।

यसैगरी, शुभेन्दु अधिकारीले एक्समा लेखेका छन्, अब राज्य क्याबिनेटको बैठक जेलमा हुनेछ। उनले यस मामिलामा मुख्यमन्त्री ममता ब्यानर्जीको भूमिकाको पनि माग गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement