कोलकातामा फेरि डेंगूले लियो चिकित्सकको ज्यान

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा एकपल्ट फेरि मच्छरजनित बिमारी डेंगूका कारण एक चिकित्सकको ज्यान गएको छ। चिकित्सकको नाम अनिमेष मांझी हो। मूल रूपमा बांकुडा निवासी अनिमेष कोलकाताको एसएसकेएम अस्पतालमा अर्थोपेडिकमा स्नातकोत्तरको पढाई गरिरहेका थिए। उनी कोलकातामै बस्थे।

केही दिनदेखि उनी खोकी, ज्वरो र अन्य लक्षणहरूले पीडित थिए। उनको डेंगू रिपोर्ट पोजीटिभ आएको थियो। एसएसकेएम अस्पतालमा उनको उपचार चलिरहेको थियो, तर अन्ततः उनको मृत्यु भएको छ।

जानकारी अनुसार, शुक्रवार बिहान दुईपल्ट एकपछि अर्को हार्ट अटेकका कारण उनको मृत्यु भयो। पश्चिम बंगालमा डेंगूले मर्नेहरूको संख्या ७० छेउ पुगेको छ। यसरी नै संक्रमितहरूको संख्या २० हजार छेउ पुगेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement