कोलकाताः पश्चिम बंगालको प्रमुख शक्तिपीठहरू मध्ये एक बीरभूम जिल्लाको प्रसिद्ध तारापीठ मन्दिरमा शुक्रवार विशेष पूजा सम्पन्न गरियो। यहॉं ताराको अवतरण दिवस मनाइएको छ। आजकै दिन शुक्ल चतुर्दशीमा माता तारा स्वर्गबाट धरतीमा भक्तहरूको कल्याण गर्न अवतरण भएको मानिन्छ। यस कारण आज पूर्ण भक्तिभावका साथ पूजा सम्पन्न भयो।
बिहान सबैभन्दा पहिला कुमारी पूजा भयो। बिहान ३ः३० बजी मन्दिरको मूल प्रांगणमा पश्चिमतिर मुख गरेर विश्राम मंच बनाइयो। बिहान मंगला आरती भयो, त्यसपछि माता तारालाई वैदिक रीति अनुसार शीतल भोग दिइयो। दिउॅंसो फल भोग दिइयो र सन्ध्या आरतीपछि पूजा सम्पन्न भयो। रातिको समयमा माता तारालाई अन्नको भाग लगाउने रिवाज छ।
-हिस