कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको राजथ रेड रोडमा शुक्रवार आयोजित दुर्गा प्रतिमाहरूको शोभायात्रामा राज्यपाल डा. सीवी आनन्द बोसलाई आमन्त्रित गरिएन। समारोहमा मुख्यमन्त्री ममता ब्यानर्जी उपस्थित थिइन्। उनलाई चोट लागेकाले ३३ दिनपछि घरबाट बाहिर निक्लिएकी हुन्। समारोहमा ९६ सामुदायिक पूजा समितिले भाग लिनेछ।
परम्परागत रूपमा यस आयोजनमा राज्यपालको उपस्थिति रहने गर्दछ, तर यसपाली राज्यपाललाई किन आमन्त्रित गरिएन भन्ने स्पष्ट छैन। समाचार लेखुन्जेलसम्म यस मामिलामा राजभवन अथवा सरकार पक्षको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।
कार्यक्रमको अतिरिक्त आकर्षण प्रशंसित ओडिसी खेलाडी एवं भारतीय क्रिकेट टीमका पूर्व क्याप्टन सौरव गांगुलीकी पत्नी डोना गांगुलीका साथै उनीद्वारा सञ्चालित नृत्य अकादमीका छात्राहरूको नृत्व प्रदर्शन थियो। नृत्य प्रदर्शनको गीतको पटकथा स्वयं मुख्यमन्त्रीले लेखेकी हुन्।
-हिस