मुख्तार अन्सारीलाई १० वर्ष जेल, ५ लाख जरिवाना

Mukhtar-Ansari

गाजीपुर: माफिया मुख्तार अन्सारीलाई ठूलो झट्का लागेको छ। अदालतले मुख्तारलाई १० वर्षको जेल सजाय सुनाएको छ। शुक्रबार गाजीपुरको सांसद-विधायक अदालतले उनलाई १० वर्षको जेल सजाय सुनाएको थियो। यसबाहेक मुख्तारलाई ५ लाख रुपैयाँ जरिवाना पनि लगाइएको छ। अदालतले दोस्रो आरोपी सोनुलाई २ लाख रुपियाँ जरिवाना र ५ वर्ष कैद सजाय तोकेको छ। बिहीबार सांसद–विधायक अदालतका न्यायाधीश अरविन्द मिश्रको अदालतले अन्सारीलाई ग्यान्ग्स्टरको मुद्दामा दोषी ठहर गरेको थियो। शुक्रबार अदालतमा मुख्तारले हतोत्साहित हुँदै भने कि सर, यो मामिलामा मेरो कुनै सरोकार छैन, म सन् २००५ देखि जेलमा छु। जबकि मुख्तारका वकिल लियाकतले मुद्दा चलाउन नसकिने बताए। हामी उच्च अदालतमा पुनरावेदन गर्नेछौं र आशा छ कि हामीले न्याय पाउनेछौं। करंडा थानाको सुआपुर निवासी कपिलदेव सिंहको सन् २००९ मा हत्या भएको थियो र उक्त हत्याकाण्डमा मुख्तार अन्सारी १२०बी अन्तर्गत अभियुक्त थिए। कपिलदेव हत्या प्रकरणको मूल मुद्दामा मुख्तार अन्सारीले सफाइ पाएका छन्। जिल्ला प्रशासनका तर्फबाट कपिलदेव हत्या प्रकरण र ज्यान मार्ने उद्योग मुद्दामा मिलाएर कारन्डा पुलिस चौकीमा गुण्डाको मुद्दा दर्ता भएको थियो, जसमा अदालतले मुख्तार अन्सारीलाई दोषी ठहर गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement