ज्योतिप्रिय मल्लिकले दिए केवल ४५ हजार नगदीको जानकारी

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः राशन वितरण भ्रष्टाचार मामिलामा पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिकको पक्राउपछि ईडीले उनको अनि उनको परिवारको बारेमा एकपछि अर्को आश्चर्यचकित गर्ने जानकारी कोर्टमा पेश गरेको छ। केन्द्रिय जॉंच एजेन्सी अनुसार, २०१६ मा विधानसभा चुनाउको हलफनामामा ज्योतिप्रिय मल्लिकले उनको पत्नीसॅंग ४५ हजार रूपियॉं नगद रहेको जानकारी दिएका थिए। एक सालभित्र उनकी पत्नीको खातामा लगभग छ करोड रूपियॉं जमा भयो। ईडी सूत्रहरू अनुसार, वित्तीय वर्ष २०१६-१७ मा मल्लिककी पत्नी र छोरीको नाममा नौ करोड ८२ लाख रूपियॉ जमा गरिएको थियो।

ज्योतिप्रिय मल्लिकलाई ईडीले शुक्रवार पक्राउ गरेको हो। यस अघि ईडीले राशन डीलर बकीबुर रहमालाई पक्राउ गरेको थियो। सूत्रहरू अनुसार, बकीबुरले ज्योतिप्रिय मल्लिकको मद्दतमा उनले राशन भ्रष्टाचार गरेको बताएका छन्। शुक्रवार कोर्टमा सुनवाई अवधि जजले भने, आश्चर्यको विषय हो कि हलफनामामा ४५ हजार रूपियॉं देखाइएको छ तर एक सालमा ६ करोड ट्रस्फर भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement