असमका मुख्यमन्त्रीले दिल्ली पठाए २७० वटा अमृत कलश

pratidintime_2023-10_765a5b8c-07b2-4b6e-874c-ba5379ce2f58_F9ab_cxaEAAkp96.jpg

गुवाहाटी: असममा ”मेरो माटो मेरो देश” कार्यक्रम अन्तर्गत राज्यभरिबाट संग्रहित माटोका कलशहरूलाई आज औपचारिक रूपले दिल्ली पठाइयो। दिल्लीमा निर्माण हुने अमृत उद्यानमा प्रयोग गर्नको लागि संग्रह गरिएको कुल ५४० वटा अमृत कलशहरूमध्ये २७० वटा कलशहरूलाई आज राजधानी एक्सप्रेस मार्फत दिल्ली पठाइयो भने रहल २७० वटा कलशहरूको माटो गोहपुरमा निर्माण हुने वीरङ्गना कनकलता विश्वविद्यालयमा प्रयोग गरिनेछ। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज बिहान गुवाहाटी रेलवे स्टेशनमा राजधानी एक्सप्रेसलाई हरियो झण्डा देखाएर अमृत कलशहरूलाई दिल्ली प्रस्थान गराए। यस अवसरमा मुख्यमन्त्रीसित गुवाहाटी नगर निगमका मेयर मृगेन शरनिया सहित अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। मुख्यमन्त्रीले अमृत कलश यात्रालाई समर्थन गरेकोमा असमका मानिसहरूलाई धन्यवाद दिए। असमका राज्यपाल गुलाब चन्द कटारियाले अमृत कलश लिएर दिल्ली गइरहेका मानिसहरूलाई बधाई दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement