मुख्यमन्त्रीले गरे परमपावन १२औं गोश्री ग्यालसब रिम्पोछेसॅंग भेट

n55116355816984186227469d9d33a78017891ed9bfb73dd87d59a28da496ca7c2080f16744ad78b09e9d1d.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान परमपावन १२औं गोश्री ग्यालसब रिम्पोछेसॅंग भेट गरेर उनको आशीर्वाद लिए। मुख्यमन्त्रीले उनको स्वास्थ्यको बारेमा जानकारी लिए भने उनको सुस्वास्थ्यको कामना गर्दै राज्य सरकारको तर्फबाट दृढ़ समर्थन रहेको छ बताए।

रिम्पोछेले पनि मुख्यमन्त्रीको समर्पण र प्रतिबद्धताको निम्ति कृतज्ञता व्यक्त गरे। उनले मुख्यमन्त्रीबाट प्राप्त समर्थनको उल्लेख गर्दै मुख्यमन्त्रले उनको स्वास्थ्यको जानकारी लिनुका साथै बौद्ध समुदायकै चिन्ता गर्ने गरेको बताए। रिम्पोछेले मुख्यमन्त्री लगायत सिक्किमे जनतालाई आशीर्वाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement