गान्तोक: परमपावन १२औं गोश्री ग्यालसब रिम्पोछेको मार्गदर्शनमा ग्यालसबपा त्रिदाना चेरिटेबल ट्रस्टले मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा ५ लाख रूपियॉं प्रदान गरेको छ।
रिम्पोछेले हालैमा सिक्किममा आएको प्राकृतिक आपदाप्रति गहिरो शोक व्यक्त गर्दै सिक्किमका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङले रिम्पोछे अनि ट्रस्टप्रति कृतज्ञता व्यक्त गर्दै यस योगदानले बाढी पीडित परिवारहरूलाई अतिरिक्त समर्थन प्राप्त हुने बताए।