मालबजारः डुवर्सको हाँसीमारा अन्तर्गत बीच चियाबारीमा अखिल भारतीय मगर सङ्घको केन्द्रीय समितिको सभा वरिष्ठ साहित्यकार डा जीवन राणाको अध्यक्षतामा सम्पन्न भयो। सभामा स्वागत वक्तव्य संघको महासचिव अनिल थापाद्वारा राखियो। सभामा आगामी दिसम्बरमा गुल्मा स्टेशन (सिलगढी) मा बराही मि-जोङ लगभग १५ हजार समूहको उपस्थितिमा सम्पन्न हुने बताउँदै विगत ६ महीनादेखि युवा प्रकोष्ठका अध्यक्ष प्रभात थापा तथा युवा प्रकोष्ठका महासचिव स्वागन थापा मेचीदेखि सुनकोशसम्मका युवा पिढीहरूलाई आह्वान जनाउँदै कोठे बैठक राखिएको जानकारी हिमाल थापा (भाटपाडा)ले जानकारी दिएका छन्। सभामा अखील भारतीय मगर सङ्घको संरक्षिका तथा साहित्य अकादमी परामर्श समितिका सदस्य पनि उपस्थित रहेकी थिइन्। यसपालीको बराही मि-जोङ कार्यक्रममा डुवर्समा गत पञ्चायत सदस्य तथा ग्राम पञ्चायत चुनाउमा दुई दर्जनभन्दा बढी मगर युवा तथा युवतीहरू विजयी भएका छन्। उनीहरूलाई सम्बर्द्धना पनि जनाइने छ। जसमा प्रमुख माया आले, प्रधान दिलसिंह ग्राम पञ्चायत तथा दिलीप थापा उपप्रधान रहेका छन्। उक्त भेलालाई भोजन व्यवस्था गङ्गा थापाले गरेकी थिइन् भने आकाश थापाले धन्यवाद ज्ञापन गरे भनी सुमित्रा थापा (बीरपाडा) ले जानकारी दिएकी छन्।