मंगन: भारतीय सेनाको त्रिशक्ति कोर, बीआरओ र सिभिल प्रशासनको सहयोगमा मंगन-सङ्कलाङमा टिस्टा नदीमाथिको दोस्रो बेली ब्रिजको काम सम्पन्न भयो। जसले गर्दा बाढी प्रभावित क्षेत्रमा सवारी साधनको आवतजावत र राहत सामग्रीको व्यवस्था गर्न सकिने भएको छ। क्रसिङ प्वाइन्टमा नदीको चौडाइ र टापु बनेका कारण दुईवटा पुल निर्माण गर्ने निर्णय भएको हो। पहिलो पुल अक्टोबर २२ मा सम्पन्न भएको थियो। चौबीसै घण्टा काम गर्दै, दोस्रो पुल २६ अक्टोबर २०२३ मा सम्पन्न भयो।

भारतीय सेना, बीआरओ र नागरिक प्रशासनका अधिकारीहरूको उपस्थितिमा उत्तर सिक्किमको डिजोनका विधायक श्री पिन्टसो लेप्चाले दुईवटा पुलको उद्घाटन गरेका थिए। यो विशाल दुई पुल सञ्चालनका लागि त्रिशक्ति कोर्प्सका इन्जिनियर सेना र धेरै हेवी मार्थ मूभिङ प्लान्टहरू खटाइएको थियो। यो एक धेरै दुर्लभ पुल निर्माण हो जसमा दुई बेली ब्रिजहरू छन्।