उत्तर दिनाजपुरका २ युवा ४१४ ग्राम ब्राउन सुगरसहित सिलगढीबाट पक्राउ

IMG-20231027-WA0205.jpg

सिलगढी: ४१४ ग्राम ब्राउन शुगरको साथमा दिनाजपुरका दुई युवालाई सिलगढीबाट पक्राउ गरिएको छ। सादा पोशाक प्रहरी र माटिगडा पुलिस चौकीको विशेष अपरेशन समूहले संयुक्त कारबाहीमा ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरेको हो। शुक्रबार पुलिसले माटिगडास्थित विश्वास कोलोनीस्थित रेलवे गेट नजिकै छापा मारेको थियो। गोप्य सूचनाको आधारमा दुई युवालाई पक्राउ गरी खोजी गर्दा उनीहरुसँगको झोलाबाट ४ सय १४ ग्राम ब्राउन सुगर बरामद भएको थियो, जसको बजार मूल्य ५ देखि ७ लाख रुपैयाँ अनुमान गरिएको छ।

पक्राउ पर्नेमा ३४ वर्षीय सञ्जित साह र २७ वर्षीय इमाम हुसेन उत्तर दिनाजपुर जिल्लाका रहेका छन्। उनलाई माटिगरा पुलिस चौकीका सादा पोशाकका पुलिसले पक्राउ गरी घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ। पक्राउ परेका दुवै युवालाई भोलि सिलगढी डिभिजन अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement