सिलगढीमा हात्तीले युवकलाई कुल्चेर मार्यो

IMG-20230528-WA0320-5-300x172-8

सिलगढी: हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। खरीबारीको बुरागञ्ज ग्राम पञ्चायतमा मञ्जय जोतको घटना हो। बिहान शौच गर्न गएका युवकलाई हात्तीले आक्रमण गरेपछि स्थानीयले घाइते युवकलाई पहिले नक्सलबारी ग्रामीण अस्पताल र पछि उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा भर्ना गरेका थिए। तर आज उपचारकै क्रममा युवकको मृत्यु भएको हो। मृत्यु हुनेको नाम स्वपन महली (३०) रहेको छ। खबर पाएलगत्तै टुकरियाझार वन विभाग र सिलगढी विभागीय परिषद्का अधिकारी किशोरी मोहन सिंह र बुरागञ्ज ग्राम पञ्चायतका उपप्रमुख पंकज बर्मनलगायत घटनास्थल पुगेका थिए। घटनाका कारण क्षेत्र शोकमा डुबेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement