पूर्व मन्त्री परेश चन्द्र अधिकारीका पुत्रको हृदयघातका कारण निधन

44c3793a-d14d-4f47-af8c-7fb8b6b4be14.jpg

काेचबिहार: राज्यका पूर्व मन्त्री परेश चन्द्र अधिकारीका पुत्र हीरकज्योति अधिकारी (३०) को आज बिहान निधन भएकाे छ। उनको निधनमा मेखलीगंजमा शोकको माहोल छ।

जानकारी अनुसार, बिहान लगभग साढे दश बजी हीरकज्योति आफ्नो पिता परेश चन्द्र अधिकारीसॅंग बसिरहेका थिए। अचानक उनको स्वास्थ्य बिग्रियो। उनलाई तत्काल मेखलीगंज महकुमा अस्पताल लगियो, जहॉं चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। मेखलीगंज महकुमा अस्पतालका अधीक्षक तापस कुमार दासले भने, हीरकज्योतिको मृत्यु ह्रदय श्वसन विफलता र क्रोनिक किडनी रोगका कारण भएको हो।षउल्लेख्य, हीरकज्योति कुचलीबाडी प्राथमिक स्वास्थ्य केन्द्रका अस्थायी चिकित्सक थिए। उनी जिल्ला तृणमूल युवाका महासचिव पनि थिए। यसकासाथै उनी विभिन्न सामाजिक संगठन र रेड क्रस सोसाइटीसॅंग पनि जोडिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement