बकिबुर रहमान र ज्योतिप्रियलाई एकै ठाउॅंमा राखेर गरिने सोधपुछ

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः पश्चिम बंगालको चर्चित राशन विरतण भ्रष्टाचारको मामिलामा पक्रा परेका राज्यका पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिकसॅंग म्यारथन सोधपुछको तयारी गरिॅंदैछ। ईडी अधिकारीहरूले भने, आज उनलाई कोर्टमा पेश गरेपछि हिरासतमा लिइनेछ। त्यसपछि, उनलाई यस मामिलामा अगावै पक्रा परेका व्यापारी बकिबुर रहमानसॅंग राखेर सोधपुछ गरिने छ।

रहमानले सोधपुछमा वर्ष २०११ देखि २०२१ सम्म राशन वितरणमा व्यापक भ्रष्टाचार गरेको आरोप लगाएका छन्। यसावधि मल्लिक राज्यका खाद्य मन्त्री थिए र बकिबुरसॅंग नजिकको सम्बन्ध थियो। यस कारण दुवैलाई एकै ठाउॅंमा राखेर सोधपुछ गरिने छ। मल्लिकलाई बिहिवार र शक्रवार राति २० घण्टासम्म सोधपुछ अनि छापामारीपछि पक्राउ गरियो। ईडी कार्यालयमा प्रवेश गर्दै उनले भाजपामाथि आफु विरूद्ध षडयन्त्र रचेको आरोप लगाए।

मल्लिकको नाम राशन वितरण मामिलामा कोलकातास्थित व्यवसायी बकिबुर रहमानको आवास र कार्यालयमा ईडीद्वारा जफत गरिको दस्तावेजको जॉंचपछि अघि आएको हो। यस बीच मुख्यमन्त्री ममता ब्यानर्जीले मन्त्रीको स्वास्थ्यमा यदि कुनै नकारात्मक प्रभाव परेको खण्डमा ईडी अधिकारीहरू विरूद्ध एफआईआर दर्ता गर्ने चेताउनी दिएकी छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement