कोलकाताः पश्चिम बंगालको बहुचर्चित राशन वितरण भ्रष्टाचार मामिलामा पक्रा परेका राज्यका पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिकलाई सुप्रीम कोर्टमा पेश गर्ने तयारी शुरू भएको छ। सीजीओ कम्प्लेक्सस्थित ईडी कार्यालयबाट अधिकारीहरूले उनलाई गाडीमा राखेर स्वास्थ्य जॉंचको निम्ति जोका ईएचआई अस्पताल पुऱ्याए।
यहॉं मिडियाकर्मीहरूलाई देखेपछि ज्योतिप्रियले आफु षडयन्त्रको शिकार भएको बताए। उनले षडयन्त्रमा भाजपा र नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको हात रहेको आरोप लगाए।
उल्लेखनीय छ, राशन वितरण भ्रष्टाचार मामिलामा बिहिवार बिहान छापा मारेपछि ईडी अधिकारीहरूले दिनभरि उनको घर र अन्य ठेगानाहरूमा छानबिन गरेको थियो। २० घण्टासम्म छानबिन र सोधपुछपछि बिहान ३ बजी उनलाई पक्राउ गरियो। पक्राउपछि उनलाई ईडी कार्यालय लगियो, जहॉं उनले भाजपामाथि आु विरूद्ध षडयन्त रचेको आरोप लगाए।
-हिस