नयाँ दिल्ली: बाङ्ग्लादेशमा हिन्दु मन्दिर अनि हिन्दुको घरमा आक्रमणको मामिला अघि आएको छ। एउटा फेसबुक पोस्टलाई लिएर भडकिएको कट्टरपन्थीहरूले केही घरलाई आगो लगाई दिए अनि मन्दिरमा तोड़फोड़ गरेका छन्। घटना नरैल जिल्लाको लहागरा गाउँको हो। यहाँ भीड़ले मन्दिरमा आक्रमण गरेर अनि हिंन्दुहरूको घरलाई आगो लगाइ दिएको छ। स्थानीय मिडियाअनुसार साँझ भीड़ले आक्रमण गऱ्यो जसको पछि पुलिस घटना स्थलमा पुगेर अनि हवाई फायरिङग गरेर स्थितिलाई सम्भाले। रिपोर्टअनुसार भीड़ले हिन्दुहरूको केही दोकान, घर अनि मन्दिरलाई निशाना बनाएको छ। क्षुब्ध मानिसहरूले आरोप लगाए एक युवकले सोसियल मिडियामा पोस्ट गरेर मुसलमानको भावनालाई आहत गरेको थियो। जानकारीअनुसार जुमाको नमाजपछि एउटा सोशियल मिडिया पोस्टलाई लिएर हिस्रा भडकिएको थियो। पहिला मुसलमानहरूले प्रदर्शन गरे अनि फेरि आक्रमण गरे।
रिपोर्ट्स अनुसार भीड़ साहापारा मन्दिरमा पसे अनि त्यहाँको फर्नीचर तोड़फोड गरिदिए। छेउछाउको दोकानमा पनि तोड़फोड़ गरियो। पुलिस अधिकारी हरन चन्द्र पालअनुसार हवाई फायरिङ्ग गरेर भीड़लाई यता-उता भगाइयो। नरैलको एसपी प्रबीरकुमार रायले भने, अहिले स्थिति कन्ट्रोलमा छ। तिनले भने, घटनाको जाँच गरिरहेको छ। जो पनि हिंसाको निम्ति जिम्मेदार पाइने छ तिनीमाथि कार्वाही गरिनेछ।









