जीटीएले अल पार्टी मिटिङ अविलम्ब बोलाउनु पर्छ

Screenshot_20231027_154032_WhatsApp.jpg

सरकारको भेदभाव नीति देख्दा हामी गाँधीकै देशमा छौ के त!भन्ने भान हुन्छ: एडवाडर्स

दार्जीलिङ: केन्द्र सरकारको भेदभाव नीति देख्दा हामी गाँधीकै देशमा छौ के त? भन्ने जस्तो भाने हुन्छ भन्ने हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्सले बताएका छन। बाँढ पिडितहरू लाई सहयोगको हात बडाउँन हाम्रो पार्टी अध्यक्ष एंव निर्वाचित सभासद अजय एडवाडर्स रम्फु पूग्यो। यस अवधि उनीसंग पार्टीको केन्द्रीय उपाध्यक्ष एंव निर्वाचित सभासद रोबर्ट छेत्री लगायत अन्य केन्द्रीय नेतृत्वहरू एंव निर्वाचित सभासदहरू साथमा थिए। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स अनि उनीसंग गएका प्रतिनिधि टोलीहरूले बाँढ पिडितहरूसंग कुराकानी गरयो अनि उनीहरूको दुखसंग आत्मासात गर्दै तिनले भने बाँढ पिडितहरूले भोग्न परी रहेको समस्याहरू देख्दा केन्द्र सरकारको सहयोगको अति नै खाँचो रहेको तिनले बताए।चार पाँचवटा नयाँ घरहरूको निर्माण गरेर केही हुने छैन।बाँढले दुई तीन सय जस्ता घरहरू ध्वस बनाएको छ।यी सवै विषयहरूलाई ध्यान राख्दै अब हामी केन्द्र र राज्य सरकारसंग कुराकानी गर्न दिल्ली र कोलकता जानै पर्ने अवस्था भएको छ भन्ने अध्यक्ष एडवाडर्सले बताए। तिनले अझ भने बंगाल राज्यभित्र पर्ने टिष्टा, रम्फु, गेल खोला, रियाङ आदि क्षेत्रहरूका बाँढ पिडितहरूको निम्ति सरकारले डिजास्टरको फण्ड आजसम्म छोडेको छैन। अध्यक्ष एडवाडर्सले अधि भने यो खोलाको पारी सिक्किम राज्य पर्छ।सिक्किमको विभिन्न क्षेत्रहरूमा पनि बाँढले ज्यान मालको नोक्सान पूराएको छ, हामी मान्छौ तर सिक्किमको बाँढ पिडितहरूको निम्ति सरकारले यति धेरै फण्डहरू जारी गरी सकेको छ, चालिस फुटको खोला यता बंगाल राज्यको बाँढ पिडितहरूको निम्ति सरकारले अझसम्म एक पैसा छोडेको छैन, जसको कारणले गर्दा बंगालको बाँढ पिडितहरूले लाचारीको जिन्दगीहरू जिउन परी रहेको छ,सरकारको यस्तो भेदभाव नीतिहरू देख्दा हामी गाँधीकै देशमा छौ के त! भन्ने भाने हुन्छ अध्यक्ष एडवाडर्सले भने।बाँढले सिक्किमलाई क्षति पूराउँदा सरकारले सहयोग गर्छ तर हामीलाई बाँढलाई लथालिङ बनाउँदा हामीलाई खै सहयोग भन्दै एडवाडर्सले प्रश्न तेर्साए। तिनले अधि भने म संसद,विधायकहरू साथै ठूला बडा नेताहरूलाई अनुरोध गर्छु तपाईहरूले यस विषयमाथि सरकारमाथि दबाव दिने कार्यहरू गर्नु होस।गत केही दिन अधि राज्य सरकारले २५ करोड रूपियाँ दिएका थिए अनि हामीले सम्झेका थियौ त्यो फण्ड डिजास्टरको फण्ड रहेछ भनेर तर होइन रहेछ, राज्य सरकारले जीटीएलाई दिने फण्ड पो रहेछ भन्दै यसरी हुदैन राज्य र केन्द्र सरकार दुवैले बाँढ पिडितहरूको निम्ति फण्ड जारी गर्नु पर्छ।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आगमी २०२४ मा हुने आम चूनावको स्मरण गराउँदै अब चूनाव पनि त आउँदैछ चूनावमा भोट मांग्न तपाईहरू रम्फु, टिष्टा, रियाङ, गेल खोला आदि क्षेत्रहरू आउनै हुन्छ, त्यो दिनको लागि बाटो राख्नु होस। आज यहाँको मानिसहरूमाथि आई परेको छ अनि यस समय तपाईहरूको सहयोगको खाचो परेको छ अध्यक्ष एंव सभासद एडवाडर्सले भने। तिनले अधि भने जीटीएले अविलम्ब सर्वदलीय बैठक बोलाउनु पर्छ अनि सवैको सहमतिमा राज्य र केन्द्र सरकारसंग भेट दिल्ली र कोलकता प्रतिनिधि टोली जानु अति नै जरूरत रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताए। स्मरण रहोस बाँढ आएको भोली पल्टै हाम्रो पार्टीको प्रतिनिधि टोली र एडवाडर्स फाउण्डेशनको प्रतिनिधि टोली बाँढ प्रभावहित क्षेत्रहरूमा पूगेर बाँढ पिडितहरूलाई सहयोगको हात बडाएको थियो अनि अझसम्म निरन्तर रूपमा सहयोगको हात बडाउँदै आई रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement