उत्तर दिनाजपुरमा तृणमूलका दुई समूहबीच झडप

83b1a222-c835-4052-ad90-70ef7c4fa0a4

तृणमूल पञ्चायत सदस्यकी श्रीमतीसहित २ जना घाइते

उत्तर दिनाजपुर: इस्लामपुर ब्लकको कमलगाउँ सुजाली ग्राम पञ्चायत क्षेत्र तृणमूलका दुई समूहबीचको झडपका कारण फेरि तातेको छ। घटनामा तृणमूल पञ्चायत सदस्यकी श्रीमती र अर्का घाइते भएका छन्। यो घटनाले क्षेत्रमा तनाव फैलिएको छ। अब्दुल हक र जाहिदुल रहमानका दुई समूहबीच लामो समयदेखि उक्त क्षेत्र कब्जालाई लिएर विवाद चलिरहेको बताइएको छ। बिहीबार बिहान जाहिदुल रहमान समूहका मानिसहरूले स्थानीय पञ्चायत सदस्यको घरमा गएर जबर्जस्ती रकम असुलेको आरोप छ। जाहिदुल रहमानका मानिसहरूले पञ्चायत सदस्यकी श्रीमतीलाई पैसा दिन अस्वीकार गरेपछि चक्कु प्रहार गरेका थिए। उक्त घटनापछि दुई पक्षबीच झडप भएको थियो।

घटनामा स्थानीय पञ्चायत सदस्यकी श्रीमती अन्जुमन खातुनसहित एक जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि इस्लामपुर डिभिजन अस्पतालमा ल्याइएको छ। यसैबीच इस्लामपुर पुलिस थाना घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ। अहिले यो क्षेत्र पुलिस नियन्त्रणमा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement