२ नोभेम्बरसम्म तेल अवीवको निम्ति एयर इण्डियाको उडान स्थगित

air_india_-f-sixteen_nine.jpeg

नयॉं दिल्ली: टाटा समूहको एयर इण्डियाले इजराइल र हमासबिच जारी युद्धलाई ध्यानमा राख्दै तेल अवीवको निम्ति आफ्नो निर्धारित सबै उडानहरू २ नोभेम्बरसम्मको निम्ति स्थगित गरेको छ।

एयर इण्डियाका एक अधिकारीले जारी गरेको बयानमा भनिएको छ, तेल अवीवको निम्ति निधारित सबै उडानहरू दुई नोभेम्बरसम्म निलम्बित गरिएको छ। एयर इण्डियाले सात अक्टोबरदेखि तेल अवीव आउने-जाने कुनै पनि निर्धारित उडानको परिचालन गरेको छैन। तर, यो महिना इजराइलदेखि भारतीयहरूलाई फर्काउन सरकारको अपरेशन अजय अन्तर्गत केही चार्टर्ड उडानहरूको संचालन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement