चौथो दिन पनि निखोज पोल्याण्डका प्यारा पाइट

IMG-20231026-WA0222.jpg

धर्मशाला: प्याराग्लाइडिङको निम्ति संसारभरिमै चर्चित कांगडा जिल्लाको बीड बिलिङ घाटीमा गत सोमवारदेखि हराएका पोल्याण्डको ७३ वर्षीय पाइलट आन्द्रेज कुलाविक नभेटाकाे आज चौथो दिन भएको छ।

निखोज बनेका पाइलटको प्याराग्लाइडर र हारनेस भेटिएको छ तर पाइलट अझै पनि हराएका छन्।

विदेशी पाइलट धर्मशाला, शाहपुर तथा केररीको पहाडमा फसेको सूचना छ भने उसलाई उद्धार गर्न बुधवार अभियान चलाइएको छ। आज पनि उनको खोजीमा अभियान जारी रहेको थियो।

कांगडाकी एसपी शालिनी अग्निहोत्रीले भनिन्, हराएकी विदेशी पाइलटलाई खोज्न हेलिकप्टरले उडान भऱ्यो, तर उनको अहिलेसम्म कुनै पत्तो लागेको छैन। उनले सोमवार उडान भरेको थियो, तर उनी फेरि फर्किएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement