प्रीति जिन्टाकाे मुम्बईको बान्द्रामा नयाँ घर

IMG-20231026-WA0221.jpg

मुम्बई: बलीवुड एक्ट्रेस प्रीति जिन्टाले मुम्बईको बान्द्राको पाली हिल क्षेत्रमा एउटा भव्य घर किनेकी छन्। यस घरको मूल्य लगभग १७.०१ करोड रूपियॉं बताइएको छ। पाली हिलको पश क्षेत्रस्थित यस भव्य घरको क्षेत्रफल १४७४ वर्ग फुट र दुईवटा आरक्षित पार्किङ स्थल छ।

प्रीति जिन्टाले यो घर कीस्टोन रियलटर्स लिमिटेडबाट किनेकी हुन् र यसको दस्तावेज २३ अक्टोबरमा रजिस्टर गरिएको छ। दस्तावेजहरू अनुसार घर खरीद गर्दा प्रीति जिन्टाले लगभग ८५.०८ लाख रूपियॉको स्ट्याम्प ड्यूटी भुक्तान गरेकी छन्।

अर्कोतिर, बलीवुड अभिनेता मनोज बाजपेयी र उनकी पत्नी शबाना बाजपेयीले ४ अक्टोबरमा मुम्बईको ओशिवारा क्षेत्रमा ७६२० वर्ग फुटको चार कार्यालय एकाई किनेका छन्। यसको कुल लागत ३२.९४ करोड रूपियॉं अनुमान लगाइएको छ। यस अतिरिक्त, बलीवुड सुपरस्टार अमिताभ बच्चन, कार्तिक आर्यन र अभिनेत्री सारा अली खानले पनि केही दिनअघि मुम्बईमा विभिन्न स्थानहरूमा कार्यालयको निम्ति रणनीतिक स्थान किनेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *