कोलकाताः पश्चिम बंगालको राजकीय अस्पतालहरूमा लापरवाहीको घटना चर्चाको विषय बन्ने गर्दछ। अब कोलकाताको राजकीय एसएसकेएम मेडिकल कलेज एवं अस्पतालबाट एउटा शव हराएको मामिला अघि आएको छ।
अस्पतालको शवगृहमा राखिएको एक व्यक्तिको शव हराएको छ। उक्त व्यक्ति मर्नअघि अदालतले दोषी ठहर गरेको थियो र उसले सजाय भोग्नु थियो। उक्त व्यक्तिको नाम बबलू पोली बताइएको छ। पुलिसले उसलाई कुटैर मारेको आरोप छ। यस कारण अस्पतालबाट शव हराएको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
परिवारले उसलाई कुटेरै मारेको आरोप लगाएको छ। परिवारले मृतकको अंगहरू बिक्री गरेको आरोप पनि लगाएका छन्।
-हिस