राज्य सरकारका मन्त्री ज्योतिप्रिय मल्लिकको सल्टलेकस्थित घरमा ईडीको छापा

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः राशन वितरण भ्रष्टाचार मामिलामा वन मन्त्री एवं पूर्व खाद्य मन्त्री ज्योतिप्रिय मल्लिकको नाम अघि आएको छ। प्रवर्तन निदेशालय (ईडी) का अधिकारीहरूले बिहिवार बिहान सल्ट लेकस्थित मन्त्रीको घरमा छापा मारेको छ।

ईडी सूत्रहरू अनुसार, राशन भ्रष्टाचार मामिलामा बकीबुर्रहमानको पक्राउपछि ज्योतिप्रियको नाम अघि आएको थियो। ईडीले बिहिवार बिहान सल्ट लेकको बीसी ब्लकका साथै दुईवटा घरमा छापा मारेको छ।

ज्योतिप्रियको घर बाहेक ईडी बिहिवार बिहान लगभग साढे छ बजी मन्त्रीको असिस्टेन्ट अमित के नागेर बजारस्थित फ्लयाटमा पनि पुग्यो। ईडी नागेर बजारस्थित दुईवटा फ्ल्याटमा पुग्यो। एउटा फ्ल्याट भगवती पार्क क्षेत्रमा छ र अर्को फ्ल्याट स्वामी विवेकानन्द रोडमा छ।

सूत्रहरू अनुसार, अमित दुवै फ्ल्याटमा पालैपालो बस्छन्। तर, दुवै फ्ल्याटमा ताला लागेको छ। ईडी अधिकारीहरूले आठ ठाउॅंमा खोजी अभियान चलाएको छ।

-हिस

About Author

Advertisement