केएफएद्वारा ईण्डियन फुटबल एसोसिएशनको सचिव अनिर्बन दत्तसित भेटघाट

IMG-20231026-WA0208.jpg

खरसाङ: खरसाङ फुटबल एसोसिएसशनका प्रतिनिधिहरुद्वारा ईण्डियन फुटबल एसोसिएशनको सचिव अनिर्बन दत्तसित भेटघाट गरेका छन्। उनीसित खरसाङ फुटबल एसोसिएशनको प्रतिनिधिहरूद्वारा खरसाङको टुरिस्ट लजमा सौहार्द रूपमा भेटघाट गरेका छन्। यस अवसरमा ईण्डियन फुटबल एसोयिएशनको सचिव अनिर्बन दत्तलाई खरसाङ फुटबल एसोसिएशनद्वारा गरिएको विभिन्न फुटबल खेलको अायोजनाहरू र उपलब्धिहरुको विषयमा जानकारी गराएका छन्। यसको साथै पहाडी क्षेत्रमा फुटबल खेललाई अघि बढाउने विषयमा चर्चा परिचर्चा गरियो। यसको साथै नारी सशक्तिकरण विषय अन्तर्गत महिला फुटबल फुटबललाई पनि अघि बढाउने चर्चा गरिएको छ। सचिव दत्तले पनि धेरै सुझाउ साथै आफ्नो तर्फबाट गर्न सक्ने सहयोग पुर्याउने आश्वासन दिएका छन्।अन्त्यमा खरसाङ फुटबल एसोसिएसनद्वारा दत्तलाआ स्मृति चिन्ह पनि प्रदान गरिएको जानकारी खरसाङ फुटबल एसोसिएशनको सचिव सुदीप राईले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement