खरसाङ: हिमालयन पेन्टिकोस्टल चर्चको युवाहरूद्वारा गठित यहोशु युवा झुण्डको वार्षिक सम्मेलन सम्पन्न भएको छ। उक्त सम्मेलन गत २३ अक्टोबरदेखि शुरु भएर २५ अक्टोबरसम्म सम्पन्न भएको छ। उक्त वार्षिक सम्मेलन खरसाङ महकुमा अन्तर्गत अरिङ्गले एचपीसी चर्चमा सम्पन्न भएको थियो। उक्त वार्षिक सम्मेलनको शुरुवातको प्रार्थना स्थानीय चर्चका पास्टर सोनाम लेप्चाले गरेका थिए। उक्त दुई दिने सेवाकाईको निम्ति प्रमुख वक्ताको रूपमा मणिपुरबाट पास्टर ग्रीनसन उपस्थित रहेका थिए भने अनुवादकको रूपमा अप्पर मामरिङ एचपीसी चर्चको प्रताप मंगर रहेका थिए। उक्त दुई दिने सेवाकाईमा विभिन्न युवाहरूलाई चाहिने विषय वस्तुहरू रहेको थियो। यस अवसरमा वक्ताले युवाहरूलाई बाईबलबाट शिक्षा दिन्दै युवाहरूलाई अात्मिक साथै अन्य धेरै विषयहरूमा उचित शिक्षा पनि दिएका थिए। उनले युवाहरूलाई पनि प्रार्थना पनि गरिदिएका थिए। यस सम्मेलनमा युवाहरूका लागि बाइबल हाजिरी जवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो। उक्त बाईबल क्विजको क्विज मास्टर फानस लेप्चा रहेका थिए। यस प्रतियोगितामा जम्मा ६ वटा चर्चहरूका युवाहरूले सहभागिता जनाएका थिए।

यस प्रतियोगितामा प्रथम स्थानीय चर्च अरिङ्गले एचपीसी भएका थिए। त्यसरी नै क्रमैले दोस्रो अप्पर मामरिङ एचपीसी अनि तेस्रो लाब्दा एचपीसी चर्चले बिजय हाँसिल गरेका थिए। यसको साथै उक्त सेमिनारमा माध्यमिक, उच्च माध्यमिक, कलेज अनि मास्टरमा उत्तीर्ण हुने विद्यार्थीहरुलाई प्रोत्साहित गर्न हेतु स्मृति चिन्ह्र प्रदान गरेर सम्मानित गरिएको छ। उक्त सेमिनार एकदमै आशिषित बन्न सकेको र यसको अन्तिम दिनमा चंगाईको सेवाकाई पनि भएको जानकारी प्राप्त भएको छ। अन्त्यमा स्थानीय चर्चको पास्टर सोनाम लेप्चाको प्रार्थनाद्वारा उक्त सेवाकाई समाप्त भएको जानकारी प्राप्त भएको छ।