खरसाङ: जीटीएको सभासदहरूमा खरसाङको अम्बटे पंखाबारी लङ्भ्यु समष्टीबाट नव निर्वाचित सभासद कल्पना प्रधानलाई जीटीएको कार्यकारी सभासद बनाइएको छ। तर अहिलेसम्म उनलाई कुन विभाग दिइएको छ त्यो तय भएको छैन। जीटीएको कार्यकारी सभासदको पदभार पाएको विषयमा सभासद कल्पना प्रधानसित पत्रकारहरूले सोधेका विभिन्न प्रश्नको उत्तरमा कल्पना प्रधानले जीटीएमा हामी दुईजना महिला सभासदहरूलाई कार्यकारी सभासदको पदभार दिइएको छ तर कुन विभागको जिम्मावारी हो त्यो तय नभएको बताइन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै यो जिम्मावारीको लागि जीटीएको प्रमुख कार्यपाल अनित थापालाई आफु लगायत सम्पूर्ण पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको तर्फबाट धन्यवाद दिएकी छन्। प्रधानले कार्यकारी सभासद पाउँछु भनेर कता कता आशा चैं थियो तर निश्चित थिएन, हामी समष्टीकोहरू केही पनि कार्यकारी सभासद दिनुपर्छ भनेर गएनौं र मांग पनि गरेनौं तर प्रमुख कार्यपाल अनित थापाले गुरुमाको योग्यता र क्षमतालाई हेरेर यो जिम्मेवारी दिनु भएको छ भनी सम्पूर्ण समष्टीका जनता खुशी छन् र म पनि खुशी छु र यसलाई पूर्ण रुपमा निभाउन तयार रहेकी बताइन्। कल्पना प्रधानले अघि भनिन् – ‘यो जिम्मेवारीको लागि म अत्यन्तै खुशी छु र गर्व महसुस पनि गरेकी छु। म आफु स्कूलको प्रधान अध्यापिका हुँदा हुँदै पनि कार्यकारी सभासदको रूपमा कार्य गर्न तयार छु कारण मेरो अवकाशको लागि अब केवल १२-१३ महिना छ कारण सेप्टेम्बर २०२३ मा अवकाश लिन्दै छु। तर अवकाश नभएसम्म म आफुलाई स्कूलको जिम्मेवारी पनि निभाउन तयार छु। म कर्तव्य नै पूजा, कर्तव्य नै ईश्वर ठानेर कार्य गरिरहेछु।”
कार्यकारी सभासद कल्पना प्रधानले मैले जुन विभाग पाउँछु त्यसलाई प्रमुख कार्यपाल अनित थापाको निर्देशन अनुसार एक्सपर्टहरू समावेस गरेर विभाग बनाई एक्सपर्टहरूको सल्लाह र सहयोगमा कार्य गर्नेछु भनी बताउँदै मेरो आफ्नो विभाग भएपनि आफ्नो समष्टीमा मैले वाचा गरेको र जनताको हरेक समस्याहरूको समाधान गर्नलाई कार्य गर्नेछु भनी बताइन्। उनले समष्टीको एक एक समस्याहरू आवश्यकता अनुसार प्राथमिकता दिएर विस्तारै समाधान गर्दै जाने बताएका छन् । प्रधानले आफु ईश्वरसित आस्था राख्ने व्यक्ति भएकोले यो सबै ईशवरको कृपाले हुन आएको र यसको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष एंव जीटीएको प्रमुख कार्यपाल अनित थापा, समष्टीका सम्पूर्ण जनता, विद्यार्थीहरू, अभिभावकवर्ग, स्विनिर्भर दलका प्रतिनिधिहरू, समष्टीका पार्टीका पदाधिकारीहरू र कार्यकर्ताहरू सबैप्रति आभार प्रकट गर्दछु भनी बताएकी छन्।










