कर्नाटकमा ट्याङ्करसँग एसयूभी ठोक्किँदा १३ जनाको मृत्यु

Karnataka-Accident

चिक्कबल्लापुर (कर्नाटक): कर्नाटकको चिक्कबल्लापुरमा बिहीबार बिहान एउटा एसयूभीले सडकमा पार्किङ गरेको ट्याङ्करसँग ठोक्किँदा कारमा सवार १३ जनाको मृत्यु भएको छ। कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै प्रत्येक मृतकका परिवारलाई २ लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। उनले यस दुर्घटनाका सम्बन्धमा अधिकारीसँग जानकारी समेत मागेका छन्। जिल्ला सदरमुकाम चिक्कबल्लापुर सहरको बाहिरी भागमा बिहान ७ बजेतिर दुर्घटना भएको पुलिसले जनाएको छ। आन्ध्र प्रदेशको अनन्तपुरबाट बैंगलोर जाँदै गरेको एसयूभी राष्ट्रिय राजमार्ग–४४ मा पार्किङ गरी राखिएको ट्याङ्करसँग ठोक्किँदा चार महिलासहित १३ यात्रुको मृत्यु भएको हो। दुर्घटनामा परी मृत्यु हुनेहरु अनन्तपुर जिल्लाका रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पुलिस वरिष्ठ अधिकारीले जानकारी दिए।

मृत्यु हुनेमा कार चालक पनि छन्। दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन। कुहिरोका कारण भिजिबिलिटी कम भएकाले दुर्घटना भएको हुन सक्ने आशंका गरिएपनि यसको पुष्टि भने हुन सकेको छैन। मृतकहरू अनन्तपुरको गोरन्तलाका बासिन्दा रहेको र परिवारका सदस्य नभएको उनले बताए। पुलिस उपरीक्षक (चिकबल्लापुर) डीएल नागेशले भने, ‘दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते भएका एक जनाको नजिकैको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छl’ रमा सवार सबै जना अनन्तपुरबाट बैंगलोरतर्फ जाँदै थिए र बाटोमा उनीहरुको एसयूभी सडकमा पार्किङ गरेको ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको भन्दै भारतीय दण्ड संहिताको सम्बन्धित धाराअन्तर्गत दुर्घटनाको मुद्दा दर्ता गरी मृतकको नाम दर्ता गरिएको पुलिसले जनाएको छ। उनको परिवारका सदस्यहरु पत्ता लगाउने र सम्पर्क गर्ने प्रयास भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement