मालबजार: मिनग्लास चियाबारीमा आज बिहान अर्ना भैसीको आक्रमणमा ३ जना मानिसहरू घाइते बनेका छन्| घाइतेहरूको नाम ठाकुर उराउँ, आशा इन्दवार अनि पियुष मुण्डा रहेको छ| तिनीहरू सबै चियाबारीका निवासीहरू हुन्| अर्नाको आक्रमणमा घाइतेहरूलाई स्थानीय मानिसहरूको सहयोगमा अस्पताल लगियो जहॉं तिनीहरूको चिकित्सा चलिरहेको छ| स्थानीय मानिसहरूले भने, दुईवटा अर्ना भैसी गाउँमा पसेको थियो|
घटनाको खबर पाएर वन विभाग, माल थानाको पुलिस घटना स्थलमा पुगेर स्थितिको नियन्त्रण गर्ने प्रयास गरिएको छ| जलपाइगढीबाट वन विभागको ट्रयाकुलाइजर टीम आएर अर्ना भैसीलाई बेहोश बनाए| अन्य एउटा अर्ना भैसी जङ्गलमा फर्किएको छ|