सिलगढी: घरमा वेश्यावृत्ति चलिरहेको थियो । स्थानीय बासिन्दाको उजुरीपछि सिलगढी महानगरीय पुलिसको पानीटयाङ्की चौकीको पुलिसले त्यहाँ छापा मारेर गृहिणीसहित एक युवतीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा रीता दे चौधरी र सचिन भगत रहेका छन्। स्थानीयवासीका अनुसार सिलगढीको वडा नम्बर १४ अन्तर्गत सर्दामणि रोड आश्रमपाडा निवासी रीता दे चौधरीले आफ्नो घरमा वेश्यावृत्ति चलाइरहेकी थिइन्। त्यहाँ धेरै अपरिचित युवाहरू आउने गर्दथे। गएराति पानीटयाङ्की चौकीमा स्थानीयले गुनासो गरेका थिए।

उजुरीका आधारमा पुलिसले घरमा छापा मारेर एक युवती र एक युवकलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो। त्यसपछि पुलिसले सचिन भगत नामका युवकलाई पक्राउ गरी घरबाट ५ युवतीलाई मुक्त गरेको थियो। त्यसपछि घरधनी रिता दे चौधरीलाई आज बिहान पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।